Saturday May 18, 2024
BS 2081 Jestha 5
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

पानी र डस्टप्रुफ सामसुङको ए सिरिज

Jan 25, 2017 under Science & Tech 185

सामसुङले नोट सेभेनमा पड्किने समस्या आएपछि पहिलो पटक नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । नोट सेभेन पड्किएपछि सामसुङले ग्यालेक्सी एस एटबाट बजारमा पुनरागमन गर्ने अनुमान गरिएको थियो । त्यो अनुमान अहिले गलत साबित भएको छ । 

वास्तवमा ए सिरिजका ए–थ्री, ए–फाइभ र ए–सेभेन नयाँ मोडलका स्मार्टफोन होइनन् । यिनलाई रिमोडलिङ गरेर बजारमा ल्याइएका हुन् । २०१७ को सुरुमा रिलिज भएका ए सिरिजका यी तीनै मोडल पानी र धूलोमा पर्दा पनि नबिग्रिने खालका छन् । यी तीनै स्मार्टफोन पाँच फिट गहिरो पानीमा ३० मिनेटसम्म रहँदा पनि केही हुँदैन । पानी र डस्टप्रुफ हुनुबाहेक यी स्मार्टफोनमा अपग्रेड भएका फिचर भनेको राम्रो क्यामेरा, स्टोरेज क्षमता र फिङ्गर प्रिन्ट सेन्सर हुन् । ए–थ्रीमा भने क्यामेराको क्षमतामा कुनै परिवर्तन भएको छैन । यसमा पहिलेकै अगाडि आठ र पछाडि १३ मेगापिक्सेलको क्यामेरा छ । ए–फाइभ र ए–सेभेनमा भने दुवैतिर १६ मेगापिक्सेलको क्यामेरा छन् । 
ए–सेभेनमा ५.७, ए–फाइभमा ५.२ र ए–थ्रीमा ४.७ इन्चको स्क्रिन छ । र, सबैको डिस्प्ले फुल हाई डेफिनेसन क्वालिटीको छ । ए–सेभेन र ए–फाइभमा तीन जीबी र्‍याम र ३२ जीबी आन्तरिक क्षमता भए पनि ए–थ्रीमा दुई जीबी र्‍याम र १६ जीबी आन्तरिक मेमोरी क्षमता छ । समग्रमा अपग्रेड भएका सबै फिचर राम्रा छन् । तर, कुनैमा पनि डुअल क्यामेरा प्रविधि अर्थात् पछाडिको क्यामेराका लागि दुईवटा लेन्स नहुनु यसको कमजोर पक्ष हुन सक्छ । किनभने, यससँग प्रतिस्पर्धा गर्ने अन्य स्मार्टफोनमा डुअल क्यामेरा प्रयोग हुन सक्ने अनुमान छ ।

 

Tagged: Samsung 6, Mobile 16

No news.
Australian Dollar to Nepalese Rs